नक्कली सुन प्रकरण : प्रहरीलाई सुन फाप्दैन, तै पनि चेत्दैनन् !

साढे ३५ किलो सुनको लफडा त बिर्सनु भएकाे पक्कै छैन होला । त्यही क्या काठमाडौ‌ंको सिनामंगलबाट सुन हराएकाे, अनी सुन ल्याउने गोरे भन्नेले शंका लागेकाे सनम शाक्यलाई कुटेर अनी करेन्ट लगाएर मारेकाे, अनुसन्धानमा गडबड गरेकाे भनेर एसएसपी देखि सईसम्म जेल परेर पछि सामान्य तारेखमा छुटेका।

हो अहिले पनि त्यस्तै अर्को सुन काण्ड भइसक्यो काठमाडौैमा । त्यो चै सक्कली सुन काण्ड थियाे,अहिले भएको चै नक्कली सुन काण्ड। अहिलेको काण्डमा पनि महानगरीय प्रहरी बृत्त भनिने कार्यालय जहाँ डिएसपी हाकिम भएर बस्छन् हो त्यस्तै कार्यालयमध्येकै एक दरवारमार्गका डिएसपी रञ्जन दाहाललाई कारवाहीका लागि प्रहरी प्रधान कार्यालय तानिइसके।

भयो के भने दुई दिन अगाडि प्रहरीले पत्रकार सम्मेलन गरेर झण्डै १४  किलो सुन फेला परेकाे तर पछि जाँच्दा आधा किलो बाहेक सबै चाँदी भएको सार्वजनिक गरेको थियो। अनी यसरी झुक्याउनेहरु चै सबै गाडिमा फरार भएको प्रहरीले बताएकाे थियो। अनी घटनास्ठल चै जमल साइडतिर।

तर अनुसन्धान गर्दै जाँदा त जमलतिर घटना भएकै रहेनछ। भएकाे त सुन्धारातिर रहेछ। एक त फिल्मी शैलीमा सुन र २ वटा पेस्तोल भएको झोला फ्याकेर तस्कर भागेका छन्। सुन भनेकाे चाँदी  निस्कियाे। त्यसमा पनि डिएसपीले घटनास्ठलै ढाँटेपछि प्रहरीले पुराना घटनाबाट पाठ सिक्दै छानविन समिति गठन गरेर अहिले तत्कालका लागि डिएसपी दाहाललाई दरवारमार्गबाट हटाएर प्रहरी प्रशिक्षण प्रतिष्ठानतिर थन्काएकाे छ। अनुसन्धान चै जारी छ।

यो विचमा धन्न प्रहरीले सुन भनेर चाँदी फ्याकेर भाग्ने गाडि चै फेला पारिसक्यो। गाडिसँगै अन्य ४ जना पनि पक्राउ गरिसक्यो। तर सुन भनेर चाँदीकाे झोला प्रहरीतिर फ्याकेर  भागेकाे  किन ? २ वटा चिनिया पेस्तोल कताबाट ल्याए अनी उनीहरुकाे नाइके को हुन् त्यो भने खुलेकाे छैन।

प्रारम्भमा त्यो साढे ३५ किलो सुनको केसमा नि धेरै खुलेकाे  थिएन। पछि त फुतु फुतु नेतादेखि विमानस्थलका कर्मचारीसम्म पक्राउ परेका थिए। त्यो सक्कली सुनको कथा अझै सक्किइसकेको छैन। यो नक्कली सुनको कथा चै कतातिर मोडिने हो हेर्दै जाउँ। मुड चल्यो फुर्सद भयो भने म तपाईहरुलाई छुस्स जानकारी त दिइहाल्छु नै ।

Leave a Reply

Your email address will not be published.