तीन दिनदेखि हराइरहेका कान्तिपुर दैनिकमा कार्यरत पत्रकार बलराम बानियाँको शब हेटौडामा फेला परेकाे छ। कान्तिपुर दैनिकमा सहायक सम्पादकको रुपमा कार्यरत बानियाँ तीन दिनदेखि सम्पकर्मा थिएनन्।
उनको मोवाइल लोकेशन बल्खु क्षेत्रमा देखिएपछि बुधबार प्रहरीले सो क्षेत्रमा सोधखोज गर्दा तीन दिन अगाडि एक जना ब्यक्ति खोलाले बगाएकाे खुलेपछि खोजीले तिब्र बनाइएको थियो। बुधबार बल्खुमा उनको जुत्ता फेला परेको थियो। उनको शब बाढिले बगाएर मकवानपुर पूर्याएकाे छ। शब पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको महानगरिय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।
२ दशकदेखि पत्रकारीतामा सक्रिय बानियाँले कान्तिपुरसँगै नागरिक दैनिकमा समेत काम गरेका थिए। उनी राजनीतिक र जलस्रोत विषयमा दखल राख्थे। मृदुभाषी र सरल स्वभावका उनी आफैं खोलामा हाम फालेका हुन् या झुक्किएर बगाएको हो त्यसबारे भने भिन्न भिन्न भनाई आइरहेका छन्।