सेलेब्रिटी,ड्रग्स र लफडा

भारतीय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यासँगै भारतमा शुरु भएको नातावादको बहस अब लागुऔषधतिर मोडिएको छ।  सुशान्तको आत्महत्याको घटना विवादित बन्दै गएपछि यसको अनुसन्धानको जिम्मा केन्द्रिय अनुसन्धान ब्युरोले पाएको थियो। ब्युरोले अनुसन्धान अगाडि बढाए लगत्तै राजपुतको पूर्व विजनेश म्यानेजर श्रुती मोदीको च्याटबाट उनी लागुऔषधको अम्मली रहेको खुलेको दावीहरु आइरहेका छन्।

यहीविचमा नार्कोटिक्स कन्ट्रोल ब्युरोले समेत केस दर्ता गरेर अनुसन्धान शुरु गरेपछि अब सुशान्त प्रकरण केवल आत्महत्यामा मात्रै केन्द्रित रहेन। भारतीय फिल्म नगरी बलिउडमा जरा गाँडेको परिवारवादका कारण बलिउडकर्मीको परिवार बाहिरबाट बलिउडमा संघर्ष गर्न आउनेहरुको अवस्था नाजुक बनाइने गरेको बहस बलिउडका सेलेब्रिटीको लागुऔषध अम्मल, लागुऔषध कारोबारी र माफियातिर मोडिएका छन्। ड्रग्स र सेलेब्रिटी जोडिएपछि भारतीय मिडियाको प्राइमटाइम यही बहसले कब्जा जमाउने त भइहाल्यो।

यसको प्रारम्भ सुशान्तको आत्महत्या प्रकरणमा जोडिदै आएकी रीया चक्रवर्ती र मोदीविचको डिलेट भएको ह्वाट्सएप च्याट रिकभर भएपछि शुरु भएको हो। त्यसमा गाँजाबारे कुराकानी भएको दावी आइरहेका छन्।

सुशान्तका पूर्व अंगरक्षकहरुको भनाईका रुपमा उनी गाँजा र चरेस खाने गरेको उल्लेख गरिएको छ। च्याटमा समेत गाँजा र चरेससँगै केही पार्टी ड्रग्सको विषयमा कुराकानी भएको फेला परेपछि अनुसन्धानमा सिबिआइसँगै नार्कोटिक्स कन्ट्रोल ब्युरो समेत मिसिएको छ जसले अब सुशान्तसँग जोडिएको लागुऔषको कनेक्सनको अनुसन्धान गर्ने छ।

कंगनाको खुलासाले हंगामा

सुशान्तको आत्महत्यासँगै बलिउडमा फैलिएको परिवारबादको कट्टर आलोचकको रुपमा सार्वजनिक भएकी थिइन् भारतीय अभिनेत्री कंगना रनौत। अब यो केस मोडिएर लागुऔषधतिर पुगेपछि उनले ट्विट गरेर यदी आफुलाई राज्यले सुरक्षा प्रदान गर्ने हो भने फिल्म क्षेत्रमा फैलिएको लागुऔषधको जालोबारे नार्कोटिक्स कन्ट्रोल ब्युरोलाई सघाउन तयार रहेको ट्विट गरेकी छिन्।

उनले यसबाट आफ्नो करिअर मात्रै नभई ज्यानकै समेत जोखिम रहेकाले सरकारले सुरक्षा दिनुपर्ने सर्त राखेकी छिन्। उनले सुशान्तले कुनै गोप्य सिक्रेट थाहा पाएकाले मारिएको समेत दावी गरेकी छिन्।

अर्को टुइटमा उनले यदी बलिउडका कलाकारहरुको रगतको परिक्षण गर्ने हो भने धेरै जेलभित्र पुग्ने दावी नै गरेकी छिन्।

उनले यस विषयमा श्रृंखलाबद्द टुइट गर्दै बलिउडमा सबैभन्दा लोकप्रिय ड्रग्स कोकिन भएको र प्राय आयोजना हुने हाउस पार्टीहरुमा कोकिन खुल्ला रुपमा खाने गरेको दावी गरेकी छिन्। पहिला यो निशुल्क दिइने बताउँदै उनले पानीमा आइस्ड ड्रग्स राखेर अरुलाई थाहै नदिई सामान्य पानी झै घुमाएर खुवाउने गरेको उनले दावी गरेकी छिन्।

उनले सुरक्षा दिए सबै खुलासा गरिदिने भनेपछि कंगनालाई सुरक्षा देउँ भन्ने ह्यासट्याग टुइटरमा ट्रेन्डिङ्ग भइरहेको छ नै यसले बलिउडमा तातो बहस समेत भित्र्याएको छ।

सेलेब्रिटी र ड्रग्स

प्राय जसो मनोरञ्जन क्षेत्रसँग लागुऔषध जोडिन्छ नै। त्यो हलिउड र बलिउड जस्तो विकसित र सम्पन्न क्षेत्र होस् या नेपाल जस्तो सानो क्षेत्र लागुऔषमा कलाकार जोडिने गरेका छन्। भारतमा त लागुऔषधले धेरै सेलेब्रिटीहरुको जीवनै तहसनहस बनाएको समाचार सार्वजनिक भइरहन्छन्। हलिउडमा पनि ड्रग्स एडिक्ट नै भएर कलाकार, गायक रिह्याब सेन्टरमा भर्ना भइरहेका हुन्छन्।

नेपालमा पनि कलाकार र केही गायकहरु लागुऔषध प्रयोगकर्ता रहेको भेटिने गरेका छन्। तर कोकिन हैन अधिकांशले गाँजा र चरेस खाने गरेको देखिन्छ। केहीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरु गाँजाको लतमा परेको खुल्ने गरेको छ भने केहीले त सार्वजनिक रुपमै अँ म गाँजा खान्छु भन्ने गरेका छन्।

जस्तो गायक सुगम पोखरेललाई प्रहरीले फेला पारेपछि सुधार केन्द्रमा बसेर लतमुक्त भए, र सार्वजनिक रुपमै आफ्नो कुलत स्विकार्दै अब छाडेको बताएका थिए।

फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले सार्वजनिक रुपमै प्राइमटिभीको कार्यक्रममा आफुले गाँजा खाने गरेको स्विकारेनन्न् मात्र उनले गाँजालाई कानुनी रुपमै मान्यता दिनुपर्ने पैरवी समेत गरेका थिए। प्रस्तोता प्रकाश सुवेदीले गिरीलाई ‘तपाईंलाई गाँजाप्रेमी भन्छन् नि हो?’ भन्दा गिरीले ‘मेरो मुखमा गाँजा नपरेको १६ दिन भयो,’ भने। फिल्मको काम गर्दा गाँजा खाने गरेको बताए। तर यसलाई लागुऔषधको रुपमा भने प्रयोग गर्न नहुने उनको सुझाव थियो।

अन्य कलाकारहरुले सार्वजनिक रुपमा भनेका छैनन् तर कंगनाले बलिउडको हाउस पार्टीमा कोकिन चल्छ भनेझै नेपालको कोठै पार्टीमा गाँजा चल्नु नौलो हैन। गिरीले हाकाहाकी भने । अन्यले नभने पनि गाँजा र चरेसको लतमा फस्दै गएका कलाकारहरुको संख्या कम चै छैन। मनोरञ्जन क्षेत्र निकटहरु कुराकानीमा फलानोले गाँजा नतानी त अभिनय गर्नै सक्दैन भनिरहेका हुन्छन् नै।

तैयब शाह, कुल पोखरेलको नाम लागुऔषधमा जोडिएका थिए नै।

अहिले नेपालमा गाँजा खुल्ला गर्नुपर्ने, व्यवसायिक खेती गर्न अनुमती दिनुपर्ने पक्षमा लबिङ्ग समेत भइरहेको छ। केन्द्र र बागमती प्रदेशमा विधेयकै दर्ता भएको छ। तर अहिलेसम्म नेपालको कानुन अनुसार गाँजा सेवन गैर कानुन हो।

अब सुशान्तको केसतिरै फर्किउँ।

आफ्नै फ्ल्याटको कोठामा पासो लागेको अवस्थामा फेला परे पनि सुशान्तको मृत्युले बलिउडमा निक्कै हलचल ल्याइरहेको छ। यसले परिवारबादबारे गम्भिर बहस गरायो। अब सेलेब्रिटी र लागुऔषधमा केस प्रवेश गरेको छ। यसले केही मात्रामा भए पनि बलिउडको मनोरञ्जनको दुनियामा फैलिएको लागुऔषधको जालोसम्म त पक्कै पूर्याउँला नै।

Leave a Reply

Your email address will not be published.