एजेन्सी- आर्थिक अभाव भएपछि विवाहमा पाएको उपहार एके ४७ राइफल बेच्दा एक महिला अनुसन्धानको दायरामा तानिएकी छिन्। यो घटना हो जर्मनको।
जर्मनको एक महिलाले आर्थिक अभाव बढेपछि उपहारमा पाएको हतियार विक्रि गरेपछि विदेशी आतंकवादी संगठनमा लागेको, हतियार नियन्त्रण कानुन तोडेको र युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गरेको छ।
यी महिला सन् २०१४ मा सिरिया पुगेकी थिइन्। उनले सिरियामै एक चेचेन युवकसँग विवाह गरिन्। पहिलो श्रीमानको मृत्युपछि उनले इस्लामिक स्टेटका लडाकुसँग दोस्रो विवाह गरेकी थिइन्। उनी दोस्रो श्रीमानसँग रक्का गएर आतंकवादी गतिविधीहरुमा सहभागी भएको जर्मन संघिय ब्युरोले अभियोग लगाएको थियो।
सन् २०१७ मा उनको दोस्रो श्रीमानको पनि मृत्यु भयो। उनलाई कुर्द लडाकुहरुले नियन्त्रणमा लिए। उनी लडाकुहरुको नियन्त्रणबाट फुत्किएर टर्की आइपुगिन्। उनी टर्कीमा पक्राउ परिन् । जेल पुगिन्। उनी मे मा जर्मन फर्किएपछि पक्राउ परेकी थिइन्।
उनले राइफल विवाहको उपहारमा पाएकी थिइन्। उनले राइफल चलाउन विशेष तालिम समेत लिएकी थिइन्। तर बढ्दो आर्थिक मन्दीका कारण उनले राइफल आफुसँग राखिरहन सकिनन् र विक्री गरिन्। उनको पक्राउसँगै हतियार विक्री गरेको खुले पनि संघिय ब्युरोले उनले कसलाई हतियार बेचेको हो र कतिमा बेचेको हो भन्ने खुलाएको छैन।