मेराे बारेमा

ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनकालमा सन्चारमाध्यममा लगाइएकाे अंकुशकाे विकल्पकाे खाेजीमा फेला परेकाे ब्लगकारीतामा रमाएकाे १० वर्षपछि केही प्राविधिक केही ब्यक्तिगत कारणले यात्रा छुट्याे । नयाँ पत्रिका, नागरिक दैनिकमा सुरक्षा संवाददाताको रुपमा कार्यरतरहँदा नि ब्लगले निरन्तरता पाइरहेको थियो। प्राविधिक गडबडि र डोमेन नविकरणमा ढिलाहुँदा पुराना सामाग्रीसँगै डाेमेन हाम्राेब्लगडटकम पनि छुट्याे। तर ब्लगको मोह छुटेन।

४ वर्ष अगाडि मेराेशहरडटकमबाट ब्लगकारीता शुरु गरेको थिए। ब्लगले गति लिइरहेकोबेला शुक्रवार साप्ताहिको सम्पादकको जिम्मेवारी पाए। मन हुँदाहुँदै कामको चापले ब्लग कता थिचियो कता। डोमेनबारे सचेत नहुँदा समयमै नविकरण हुन सकेन। अर्कैले लगिहाले। विचमा नेपाललाइभको सम्पादकको जिम्मेवारीमा पुगे। साउन १ बाट नेपाललाइभबाट विदा भए।

ब्लगको यात्रा टुट्याे तर तपाइहरुसँगकाे रचनात्मक अन्तर्क्रियाकाे माेह भने छुटेन । त्यही मोहले बारम्बार तानिरह्यो । सुरक्षा र सामाजिक विषयमा आफ्ना धारणा बाड्न ८ वर्ष अगाडि अपराधडटकम दर्ता गरेर राखेको थिए। धन्न यो चै समयमै नविकरण भइरहेको थियो। अहिले यही डोमेनलाई सक्रिय बनाएर तपाइहरुसँग पून जोडिने प्रयास गरेको छु।

डोमेन अपराध भए पनि जनचासोका विविध पक्षका सामाग्री पस्कन सक्रिय रहनेछु।

केपी ढु‌ंगाना

twitter : @kpdhungana , facebook : @kpdhungana ,

E-mail : kpdhungana@gmail.com


मेराे संहिता 

  •  नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महास‌ंघद्वारा जारी गरेकाे स‌ंहिता पालनामा प्रतिवद्द छु ।
  • व्यक्तिगत विचार राख्नेक्रममा  ब्यक्तिकाे गाेपनियताकाे हककाे पूर्ण सम्मान गर्ने छु ।
  • संविधानले वन्देज लगाएका विषयप्रति सजग रहनेछु ।
  • कुनै वर्ग, क्षेत्र, उमेर समूह, राजनीतिक आस्था, शारिरिक क्षमता र लैंगिक आधारमा विभेदपूर्ण सामाग्री राख्ने छैन।
  • गल्ती भएमा जानकारी पाए लगत्तै जतिसक्दाे चाँडाे सच्याउन तत्पर हुनेछु।
  • कानुनी रुपमा हटाउनैपर्ने सामाग्री बाहेक अन्य प्रकाशित सामाग्री हटाउने छैन। संशाेधन गरिए साेही पाेस्टमा उल्लेख गर्नेछु।
  • शन्दर्भ सामाग्रीकाे प्रयाेगगर्दा सम्भव भए लिंकब्याक दिन, सम्भव नभए क्रेडिट उल्लेख गर्न लाेभ गर्ने छैन।
  • फरक विचारकाे सधै सम्मान गर्नेछु।


सम्पर्कका लागि

Twitter : @aparadhofficial , Facebook : @aparadh

E-Mail : aparadhnews@gmail.com,