प्रहरीमा कारवाही मोडल: जुनियरलाई कारवाही,सिनियरलाई उन्मुक्त्ति

नेपाल प्रहरीको तथ्यांकमा देशभरमै माथिल्लो दर्जाका प्रहरीविरुद्ध कारबाहीका उदाहरण कम छन् । जुनियर कारबाहीमा परेका छन् र सिनियर उम्किएका छन् ।

तीन वर्षको तथ्यांक हेर्दा प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका जम्मा एक सय १२ जना मात्रै कारबाहीमा परेका छन् । जसमध्ये प्रहरी निरीक्षक ८१, डिएसपी १७, एसपी आठ र एसएसपी ६ छन् । यस अवधिमा डिआइजी र एआइजीविरुद्ध भने कारबाही भएको छैन । 

केन्द्रीय तथ्यांकअनुसार तीन वर्षको अवधिमा अधिकृतभन्दा तल्लो तहका ६ हजार ७१ प्रहरी कर्मचारीविरुद्ध कारबाही भएको छ । कारबाही पर्नेमा सबैभन्दा बढी जवान छन् । यस अवधिमा चार हजार एक सय ३५ जवानविरुद्ध कारबाही भएको छ । कारबाहीमा पर्नेमा त्यसपछि हवल्दारको संख्या धेरै छ । यस अवधिमा एक हजार एक सय ९९ हवल्दार कारबाहीमा परेका छन् । त्यस्तै, चार सय ६५ असइ र दुई सय ७२ सइ कारबाहीमा परेका छन् । 

बाँकी नयाँ पत्रिकामा : प्रहरीमा जुनियरमाथि कारबाही, सिनियरलाई उन्मुक्ति

Leave a Reply

Your email address will not be published.