तीन महिनादेखी एक ९ वर्षीया बालिकाकाो बलात्कार गरेको आरोपमा कास्की प्रहरीले ५५ वर्षिय रेसबहादुर गुरुङ्गलाई पक्राउ गरेको छ।
स्याङजा विरुवा गाउँपालिका वडा नम्बर ७ का उनी पोखरा १० मा बस्दैे आएका थिए। प्रहरीका अनुसार उनीमाथि एक ९ वर्षिया बालिकाको बलात्कार गरेको आरोप छ। अभिभावक नभएको मौका पारेर उनले बालिकालाई तीन महिनादेखि बलात्कार गर्दै आएको कास्की प्रहरीको दावी छ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा शुक्रबार जाहेरी परेको थियो। उनी भागेर स्याङ्जा पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेर पोखरा ल्याएर बलात्कारको आरोपमा अनुसन्धान अगाडि बढाएको छ।