काठमाडौंको गोंगबुमा भएको कृष्णबहादुर बोहोराको हत्याका कारणहरु जे जति सार्वजनिक भएका छन् त्यसले यसलाई आवेशप्रेरित देखाउँछ। कोठामा पुग्नु , मादक पदार्थ सेवन गर्नु, १५ वर्षिय किशोरीमाथि यौन दुर्ब्यवहार गर्नु जस्ता दावीले यसलाई भवितब्य हो कि झै देखाउन बल दिएको पनि छ।
घटना किन घट्यो त्यसको कारण अनुसन्धानकाक्रममा खुल्दै जाँला। तर हत्या अगाडि र हत्यापछाडि जे जस्ता घटनाक्रम देखिएका छन् त्यसले अब यो हत्यालाई केवल भवितब्यको सूचीमा राख्न सहज छैन।
योजनावद्ध हत्या देखाउने चार आधार
मृतकलाई कोठामा बोलाउने काम हत्याको आरोपीले नै गरेकी छिन्। उनले नै मदिरा र खाजा समेत मगाएको अवस्था छ।

पहिला मदिरा पिलाएर अनी खाजामा लट्ठ्याउने औषधी खुवाएर मृतकलाई बेहोस बनाइएको छ।
पहिला ह्याम्बरले हानेर पछि मर्यो कि मरेन भनेर जाँची सलले घाँटी थिचेर मरेको पक्का गरिएको छ। आवेशमा अकस्मात आक्रमणपछिका अवस्थामा आवेगमा आएको पक्ष पछि संयमित भन्दा बढि उग्र भएको देखिन्छ।
यौन दुराचार या दुर्व्यवहार भएको अवस्थामा घटना घटेको हो भने त्यसपछिको अवस्थामा घटनामा संलग्नहरु डराएर भाग्ने या प्रहरीलाई खवर गर्न सक्थे। तर उल्टो क्रुर निर्णयमा पुगेर शबलाई टुक्राउने र फाल्ने काम भएकाले गोगंबुमा भएको हत्या घटना भवितब्य भन्दा योजनावद्ध देखिन्छ।