३७ वर्षकी आमा र १५ वर्षकी छोरीले गरेको क्रुर हत्या जसका धेरै पाटो अझै रहस्यमै छन्

काठमाडौं- गोगंबुमा सुटकेस र झोलामा फालिएको शबको रहस्य प्रहरीले खुलाउँदै ३७ वर्षिय एक  युवती अनी उनकी १५ वर्षिया छोरीलाई पक्राउ गरेर घटना विवरण सार्वजनिक गर्यो। प्रहरीले सार्वजनिक गरेको संक्षिप्त विवरण अनुसार मृतक कृष्णबहादुर बोहोरा र हत्या आरोपमा पक्राउ परेकी महिला कल्पना मुडभरी परिचित रहेको, बोहोरा उनको कोठामा गएको र खाजामा लठ्याउने औषधी खुवाएर बेहोस बनाएपछि ह्याम्बरले संवेदनशिल यौनाङ्गमा हानेर मारेर पछि शब काटेर फालेको बताइयो।

हत्याको कारण प्रहरीले त्यति प्रष्ट खुलाएको छैन। प्रहरीले यौन उत्पिडनलाई प्रारम्भमा हत्याको कारण देखाएको छ। तर अपराधको प्रकृतिले भने हत्याको कारण आवेग मात्र हो भन्ने देखाउँदैन नै ।

यसको पहिलो खुल्न नसकेको पाटो हत्याको कारण नै हो। महिलाले नक्कली फेसबुक पेज बनाएर दुख दिएकाले भने पनि घटनाको प्रकृतीले उनको दावीलाइ साथ दिएको देखिन्न। दोस्रो जुन दिन बोहोराको हत्या भयो त्यो दिन उनी बस्ने गेष्ट हाउसबाट स्कुटीमा निस्कदा ५० लाख पैसा लिन जान लागेको बताएको मिडियामा सार्वजनिक भएका छन्। यसले यी दुबैविच लेनदेन समेत रहेको देखाउँछ। तर प्रारम्भिक अनुसन्धानमा यसको कुनै उल्लेखै छैन।

हत्या आरोपी प्रहरी नियन्त्रणमा । तस्बिर : ईकान्तिपुर

हत्या घटनामा १५ वर्षिय किशोरीको प्रयोग शब व्यवस्थापनका लागि मात्रै हो या अन्य पनि कारण छ खुलाउन सकेन प्रहरीले। प्रहरीले जे जति विवरण सार्वजनिक गरेको छ त्यसको उदेश्य केवल पत्रकार सम्मेलन गरेर झारा टार्ने काम मात्र भएको देखाउँछ।

प्रहरीले पत्रकार सम्मेलनमा नबताए पनि विभिन्न सञ्चारमाध्यममा आएका विवरण अनुसार यी दुबैिवच लामो समयदेखि चिनजान थियो। उनी घटनाकाे दिन मदिरा बोकेर गएका थिए। सँगै बसेर पिए पनि। नशाको सुरमा १५ वर्षिया छोरीलाई समाउन थालेपछि रिस थाम्न नसकेर हम्मरले हानेर मारिन्।

यति क्रुर घटनाको कारण यति नै हो त ?

हत्यापछि पढ्दा नै कहालीलाग्नेगरी शबलाई टुक्रा टुक्रा बनाएर सुटकेस र झोलामा प्याक गरेर बोकेर फ्याने हिम्मतको पछाडी त्यही आक्रोश मात्रै हो त !

पक्कै समयक्रम अनुसार खुल्दै जाने आश त गरौ तर म‌ंगलबारको पत्रकार सम्मेलनमा आएका विवरण घटनाको कारण र संलग्नबारे अझै विश्वसनिय चै बनाउन सकेको देखिएन।

Leave a Reply

Your email address will not be published.