सिआइवीको नाम लिएर धम्क्याउनेलाई सार्वजनिक अपराध आरोप

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको नाम लिएर अख्तियारले हेरेको मुद्धा मिलाइदिने भन्दै पाँच लाख मागेको आरोपमा पक्राउ परेका शंकरप्रसाद अधिकारीलाई प्रहरीले अभद्र ब्यवहार गरेको आरोपमा अनुसन्धान प्रकृया अगाडि बढाएको खुलेको छ।

महानगरीय प्रहरी बृत्तका एक प्रहरी अधिकारीका अनुसार उनलाई अभद्र ब्यवहारमा सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखिएको छ। उनलाई पक्राउ चै ब्युरोले गरेको थियो।

ब्युरोले जारी गरेको विज्ञप्तीमाकाठमाण्डौका एक व्यवसायीलाई “अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सिआईबिमा पत्राचार भएको छ । मुद्दा हेर्ने सिआईबिका ईन्सपेक्टरले रु ५ लाख रुपैया दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईलाई प्रहरीले पक्राउ गर्छ” भनी, डर त्रास देखाई, धम्क्यार्ई, सिआईबिको नाममा रकम असूल गरी ठगी गर्न खोजेको उल्लेख थियो।

यो विषय लेनदेनको रहेकोकाले प्रहरीको दुरुपयोग गरेर पक्राउ गरिएको दावी आएको थियो। केस के रहेछ ? यस विषयमा ब्युराेका प्रमुख डिआइजी सहकुल थापासँग जिज्ञासा राख्दा उनले उजुरीकर्ताले उजुरीसँगै अधिकारीले धम्क्याएकाे अडियो रेकर्ड उपलब्ध गराएको र प्रमाणका आधारमा पक्राउ गरिएको दावी गरे।

‘अडियोमा ब्युरोको नाम लिएर ब्यापारीलाई धम्क्याएको देखिएकाले ब्युरोको नाम दुरुपयोग गरेको आधारमा पक्राउ गरेका हौं,’ थापाले भने’ उनले पैसा नलिएको लिने प्रयास मात्र गरेको देखिएकाले सार्वजनिक अपराधमा कारवाहीका लागि बृत्त पठायौं।’

यस प्रकरणमा अधिकारीलाई पक्राउ गर्न ब्युरो संलग्न हुनुको कारण उनले ब्युरोको नाम लिनु मात्र देखियो।

सम्बन्धित

‘पत्रकार’ पक्राउ प्रकरणमा रात नकट्दै ट्विस्ट: पक्रेको ठगिमा, मुद्धा चै अभद्र तयारी!

Leave a Reply

Your email address will not be published.