‘पत्रकार’ पक्राउ प्रकरणमा रात नकट्दै ट्विस्ट: पक्रेको ठगिमा, मुद्धा चै अभद्र तयारी!

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी) ले शुक्रबार दिउस ३ वजेतिर एउटा प्रेस रिलिज जारी गर्यो जुन ठगी सम्बन्धी थियो। विज्ञप्तीको शिर्षक नै सिआइवीको नाममा ठगी गर्न खोज्ने पक्राउ थियो।

विज्ञप्ती यस्तो थियो :

काठमाण्डौका एक व्यवसायीलाई “अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सिआईबिमा पत्राचार भएको छ । मुद्दा हेर्ने सिआईबिका ईन्सपेक्टरले रु ५ लाख रुपैया दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईलाई प्रहरीले पक्राउ गर्छ” भनी, डर त्रास देखाई, धम्क्यार्ई, सिआईबिको नाममा रकम असूल गरी ठगी गर्न खोज्ने धादिङ्ग जिल्ला, निलकण्ठ नपा वडा नं १४ घर भई तारकेश्वर नपा वडा नम्बर ११, नेपालटारमा डेरा लिई बस्ने, आफुलाई आलोचना साप्ताहिक पत्रिकाको सम्वाददाता भनी बताउने बर्ष ३६ को शंकर प्रसाद अधिकारीलाई काठमाण्डौ महानगरपालिका वडा नम्बर ३, बसुन्धराबाट पक्राउ गरिएकोमा निजले अन्य व्यक्तिहरुलाई समेत विभिन्न बहानामा ठगी गरेको हुन सक्ने हुनाले सो सम्बन्धमा अनुसन्धान भईरहेको र आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी बृत्त, महाराजगंजमा पठाईएको व्यहोरा जानकारी गराईन्छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसारै अधिकारीले कसैलाई धम्क्याएका हुन् भने उनी प्रहरीको संरचनाबारे त्यति जानकारी भने देखिएनन् है। विज्ञप्तीमा अख्तियारमा मुद्धा परेको र पक्राउका लागि सिआइवीलाई लेखि पठाएको लेखिएको छ। जवकी अख्तियारले कसैलाई पक्राउ गर्न सिआइवीलाई लेखी पठाउँदैन। यस्ता कामका लागि अख्तियारमै प्रहरीको एक टोली नै हुन्छ। कसैलाई पक्राउ गर्न अनुरोधै गर्नु परे पनि सिआइवीलाई हैन प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्छ अख्तियारले।अख्तियारको मुद्धाको अनुसन्धान सिआइबीले गर्दैन।

तर ठग्न प्रहरीको सबै स‌ंरचना कण्ठै पार्नु पर्छ भन्ने त कहाँ हुन्छ र।

तर बेलुकातिर यो केसमा ट्विस्ट देखिन थाल्यो। ठगी प्रयासमा पक्राउ परेको भनिएका अधिकारी आफुले काम गरेको कम्पनिको साउजीसँग तलव माग्दा पक्राउ परेको दावी गर्दै दियोपोस्टले समाचार प्रकाशित गर्यो। उसको समाचारमा २ नयाँ जानकारी थियो जाहरीकर्ता र पक्राउ परेका अधिकारीमाथि लगाउन खोजिएको अभियोग।

पोष्टले ‘राजधानीको बसुन्धारामा कार्यालय रहेको मेडिअक्सी नामक कम्पनीमा केही वर्षअघि देखि काम गर्ने अधिकारीलाई सोही कम्पनिका मालिक ठाकुर भण्डारीको उजुरीको आधारमा सिआइबीले पक्राउ गरेको’ लेखेको छ। समाचार अनुसार अधिकारीले २०६९ देखिको तलव मागेका थिए।

पोष्टसँगको कुराकानीमा सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले भण्डारीको उजुरीको आधारमा पक्राउ गरेको स्विकारेका छन्। यतिसम्म ठिकै हो । यही समाचारमा प्रवक्ता पाण्डेको मुद्धा सम्बन्धी भनाईले भने केस बाहिरबाट देखिए जस्तो हैन कि भन्ने शंका भने बढायाे। सिआइबीको नाममा ठगी गर्न खोज्नेलाई अभियोग अभद्र ब्यवहारको लगाउने पाण्डेले दियोपोष्टलाई बताएका छन्।

दियोपोष्टमा पाण्डेको भनाई छ :

‘यो मान्छे सुटेडबुटेड ठग हो,’ सिआइबीका प्रवक्ता पाण्डे भन्छन्,‘उसलाई हामी अभद्र व्यावहारमा मुद्दा चलाउँछौँ ।’

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो गम्भिर र संगठित प्रकृतिको आपराधिक घटनाको अनुसन्धान गर्न गठन गरिएको हो। उसँग आफ्नै हिरासत छ। आफै अनुसन्धान गर्न पाउँछ र मुद्धा समेत आफै दर्ता गर्न सक्छ। तर शुक्रबार पक्राउ गरेका अधिकारीलाई आफ्नै हिरासतमा नराखी महाराजगञ्जको हिरासतमा पठाइएको छ।

यस्तै घटनाक्रमले कतै यो केस देखिए जस्तो हैन कि भन्ने संकेत त गर्यो नै। हो चै के ? भोली विस्तृत खोज्ने प्रयास गर्नेछु।

Leave a Reply

Your email address will not be published.