१५ किलो नक्कली सुनमा जोडिएका त्रिपल एजेन्ट इल्ताफ पर्सामा समातिए

चाँदीमा सुनको जलप लगाएको घटनामा जोडिएका मास्टरमाइन्ड इल्ताफ हुसेन अन्सारी पर्सामा समातिएका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बीहिबार विहान पक्राउ गरेर काठमाडौं ल्याउँदैछ।

अहिले नक्कली सुन र नक्कली सुन रहेको झोलामा फेला परेको २ वटा पेस्तोलका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिए पनि उनी जाली भारतीय रुपैंयाको कारोबारमा कहलिएका कारोबारी हुन्।

बाराका उनी नेपाल प्रहरीका केही प्रहरी अधिकारीसँगै भारतीय सुरक्षा एजेन्सीसँगै पाकिस्तानमा सक्रिय रहेको जाली भारतीय रुपैंयाको कारोबारमा सक्रिय समूहका लागि समेत काम गर्ने त्रिपल एजेन्ट हुन्।

यस अगाडि उनी जाली भारुको कारोबारमा संलग्न रहेको ठहर गर्दै अदालतले तोकेको ३ वर्षको सजाय काटेर २०७५ मा कारागारमुक्त भएका थिए।

प्रहरीलाई सुनको जलप लगाएको चाँदीको ब्याग दिन प्रयोग भएको गाडि उनको नामको भएकाले प्रहरीले उनको खोजी शुरु गरेको थियो। उनका सहयोगीहरु भने पहिल्यै पक्राउ परिसकेका छन्। प्रहरीले उनको गाडि समेत बरामद गरिसकेको छ।

यो पनि पढ्नुस्

पन्ध्र किलो नक्कली सूनमा जोडिएका इल्ताफ त्रिपल एजेन्ट

Leave a Reply

Your email address will not be published.