तीन करोड असुल्न खोज्ने माओवादी जेल पुगे

हत्या अभियोगमा पूर्व लडाकु पक्राउ

काठमाडौं, पुस २४–बैना गरेको जग्गाको रकम असुल्न अपहरण गरी जर्वजस्ती रकम लेनदेन गरेको कागज गराउने एकिकृत माओवादीका कार्यकर्ता बद्रीकुमार खत्री पक्राउ परेका छन्। अदालतले नौ वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरे लगत्तै फरार रहेका कपन निवासी ५८ वर्षिय खत्री पक्राउ परेका हुन्। प्रहरीले पक्राउ गर्दा उनको खल्तीमा माओवादीको वाइसिइल सदस्य कार्ड फेला परेको थियो। केन्द्रिय अनुसन्धान व्युरोले उनलाई मंगलवारनै काठमाडौं जिल्ला अदालतमा बुझाएको छ।


व्युरोका अनुसार खत्रीले पाँच जना माओवादी कार्यकर्ता जम्मा पारेर २०६६ माघ १३ गते चाबहिलबाट बद्री कुमार खड्काको अपहरण गरेका थिए। खड्काले साँखुमा रहेको जग्गा तीन करोडमा विक्रि गर्न बैना गरेको सूचना पाएपछी खत्री समुहले खड्कालाई उनकोे बा ४ च २८८४ नम्बरको कार सहित अपहरण गरी भत्केको पुलमा रहेको वाइसियल क्याम्पमा लगेर कुटेका थिए।


तीन करोड रकम लिएको कागज नगरे मारेर फालिदिने धम्की दिएपछी उनले खत्रीले भनेझै आफुले उनीहरुसँग तीन करोड ऋण लिएको कागजमा हस्ताक्षर गरेर उन्मुक्ति पाए। वाइसियल क्याम्पवाट मुक्त भए लगत्तै उनले घटनाबारे प्रहरीलाई जानकारी गराएकाले अनुसन्धान भएको थियो।


खत्री समुहविरुद्ध अपहरण मुद्धाबारे जिल्ला अदालत काठमाडौंले २०६८ पुस २६ गते खत्रीलाई ९ बर्È कैद तोक्दै पिडितलाई ५० हजार क्षतीपुर्ती दिने फैसला गरेपछी अपहरणमा संलग्न समुहनै फरार थियो। तर,खत्री काठमाडौंमै प्रहरीको आँखा छल्दै बसिरहेका थिए। खत्रीबारे सूचना पाएपछी व्युरोको टोलिले उनलाई हात्तिगौडावाट पक्राउ गरेर कैद सजाय भराउन अदालतमा बुझाएको छ।

हत्या अभियोगमा पूर्व लडाकु पक्राउ

प्रेमिसँग भेटघाट गर्न नदिएको झोकमा श्रीमान्को हत्या गर्न सघाएको अभियोगमा माओवादीका दुई कार्यकर्ता काठमाडौंमा पक्राउ परेका छन्। पासाङ याङजी शेर्पाको योजनामा फुर्दोजी शेर्पाको हत्यामा सहयोग गरेको अभियोगमा निरकुमार कार्की र फुर्तेजी शेर्पा पक्राउ परेका हुन्। महानगरिय प्रहरी अपराध महाशाखाले याङजीको प्रेमि पासाङ निमा शेर्पालाई समेत पक्राउ गरेको छ।
उनीहरुले पुस २३ गते पेपर कटरले घाँटी रेटेर फुर्दोजीको हत्या गरेर शब कम्बलले बेरेर फालेका थिए। उनको हत्याका लागी माओवादी पूर्व लडाकुले एक लाख १५ हजार रकम लिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

UA-59677196-1
Our website is protected by DMC Firewall!